• २०८१ बैशाख १८ मंगलबार

एसीसी प्रिमियर कपमा नेपालको विजयी शुरुवात

kharibot

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो । मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दिपेन्द्र सिंह ऐरीले २०, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए । त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए ।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए ।

यो जितपछि नेपालले समुह ए मा २ अंक हासिल गरेको छ । अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै