• २०८१ बैशाख १८ मंगलबार

प्रदीप र सुदर्शनबीच अर्थपूर्ण सहकार्य

kharibot

काठमाडौँ । चर्चित फिल्म ‘प्रेमगीत’ पछि अलग अलग भएका अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच नयाँ सहकार्य भएको छ ।

मंगलबार निर्देशक थापाले प्रदीपसँग नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । यस वर्षको दशैंपछि छायांकनको तयारी गरिएको फिल्म प्रेम कथामा बन्ने बताइएको छ । 

फिल्ममा प्रदीपको जोडी अभिनेत्री पूजा शर्मासँग बाँधिने समेत बुझिएको छ ।

प्रदीप र सुदर्शनबीच फिल्म ‘प्रेमगीत’ पछि सम्बन्ध चिसिएको थियो । तर पछिल्लो समय प्रदीप र सन्तोष सेनबीचको सम्बन्धका बारेमा समेत अनेक अड्कलबाजी चलिरहेका बेला प्रदीप र सुदर्शनबीच सहकार्य हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यस फिल्म अघि सुदर्शनले अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मालाई लिएर ‘रावायण’ बनाउँदैछन् । त्यस्तै प्रदीप पनि  पुजार सार्की, एक्टर, पिताम्बर, ऐरी, एक्लो जस्ता फिल्ममा काम गर्दै छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै