• २०८१ बैशाख १८ मंगलबार

‘कालिमाटी तरकारी’ बजारको सिण्डिकेटः चार सय ३७ व्यवसायी कारबाहीको दायरामा

kharibot

काठमाडौँ । सरकारले कालिमाटी फलफूल तथा तरकारी बजारमा रहेको सिण्डिकेट हटाउनका लागि कारबाही प्रक्रिया अघि बढाएको छ ।

काठमाडौं उपत्यकाको प्रमुख तरकारी बजारमा चरम रुपमा देखा परेको सिण्डिेकट तथा विचौलियाको प्रभाव हटाउनका लागि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चार सय ३७ व्यवसायीलाई कारबाहीको दायरामा ल्याएको छ । 

९८ जना व्यवसायीलाई कारबाही गर्न प्रक्रिया अघि बढाएको मन्त्रालयले एक सय ३१ व्यवसायीलाई सचेत गराएको छ भने दुई सय आठ व्यवसायीलाई सम्झौताको पूर्ण परिपालना गर्नका लागि पत्रचार गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले मन्त्रालय सम्हालेको एक सय दिन पुगेको अवसरमा जारी गरिएको कार्य प्रगति विवरणअनुसार कालिमाटी बजारको अनुगमन गरी नियमविपरित सञ्चालनमा आएका ९८ व्यवसायीमाथि कारबाहीको प्रक्रिया सुरु गरिएको हो । 

मन्त्रालयका प्रवक्ता योगेन्द्र कुमार कार्कीले कालिमाटी बजारमा देखिएको विचौलियाको समस्या र सिण्डिेकट अन्त्य गर्नका लागि कारबाही अघि बढाएको बताए । कालिमाटी तरकारी बजारमा रहेको एकाधिकार अन्त्य गरी व्यवसाय र बजारको कारोबारलाई पारदर्शि बनाउन मन्त्रालयले यो प्रक्रिया अघि बढाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै