• २०८१ जेठ २ बुधबार

दोस्रो चरणमा पुगेका इङल्याण्ड र बेल्जियमको आज रियालिटी चेक हुदै  

kharibot

काठमाडौँ । विश्वकपमा समुह ‘जी’ अन्तगर्तका समुह चरणका अन्तिम खेल आज हुदै छन् । नेपाली समय अनुसार राति ११:४५ मा इङल्याण्डले बेल्जियमको सामना गर्दै छ भने पानामाले ट्युनिसियाको सामना गर्दै छ ।

यस समुहबाट इङल्याण्ड र बेल्जियमले आफ्ना सुरुका दुवै खेल जितेर दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् । त्यस्तै पानामा र ट्युनिसिया विश्वकपबाट बाहिरिइसकेकाले उनीहरुको लागि यो खेल औपचारिकता मात्र हुने छ । 

इङल्याण्ड र बेल्जियमको खेलले समुहमा पहिलो र दोस्रो को हुने भन्ने निर्धारण गर्ने छ । दुवै देशले विश्वकपमा राम्रो सुरुवात गरेकाले यो खेल यस विश्वकपको समुह चरणको उत्कृष्ट खेल मध्ये एक खेल हुदै छ । यस खेलको निर्णायक भूमिका नहुने भएपनि नकआउट चरण अघि दुवै देशको रियालिटी चेक हुने देखिन्छ । किनकी दुवैले तुलनात्मक रुपमा आफूभन्दा धेरै कमजोर देशलाई पराजित गरेका हुन् ।

त्यस्तै गोल्डेन बुटका प्रमुख दाबेदार इङल्याण्डका ह्यारी केनले ५ गोल गरेर अगाडी रहेका छन् भने बेल्जियमका रोमेलु लुकाकु ४ गोल गरेर दोस्रो स्थानमा रहेका छन् । यस खेलले गोल्डेन बुटको दौडमा रहेका यी दुई खेलाडीमाथि पनि नजर हुने छ । यद्यपी बेल्जियमका लुकाकु घाइते भएका कारण यो खेल नखेल्ने मिडिया रिपोर्ट आएको छ । 

इङल्याण्डका लागि कप्तान ह्यारी केन प्रमुख खेलाडी रहेका छन् भने उनले यस विश्वकपमा २ खेलमा ५ गोल गरेका छन् । त्यस्तै इङल्याण्डका लागि रहिम स्टरलिङ, एशले योङ, जोन स्टोन जस्ता खेलाडीको भूमिका महत्वपूर्ण हुने देखिन्छ ।

त्यस्तै बेल्जियमका लागि यस खेलमा इडेन हजार्ड प्रमुख खेलाडी रहेका छन् । रोमेलु लुकाकुले यस विश्वकपमा ४ गोल गरेका भएपनि उनी घाइते भएका कारण आजको खेलमा खेल्ने सम्भावना कम रहेको छ । हजार्ड प्ले मेकरको भूमीकामा यस विश्वकपमा राम्रो प्रदर्शन गरिरहेका छन् । त्यस्तै बेल्जियमबाट केभिन डी ब्रुनेको खेल महत्वपूर्ण हुने देखिन्छ ।

इङल्याण्ड र बेल्जियमबीच अहिलेसम्म २१ पटक खेल भएको छ, जसमा इङल्याण्डले १५ पटक जित हासिल गरेको छ । बेल्जियमले केबल २ खेल जितेको छ भने ४ खेल बराबरीमा सकिएका छन् । विश्वकपमा भने यी दुई देशबीच अहिलेसम्म २ पटक भेट भएको छ, जसमा इङल्याण्डले सन् १९९० को विश्वकपमा २-० ले जितेको थियो भने सन् १९५४ को विश्वकपमा दुवैले ४-४ गोलको बराबरी खेलेका थिए ।


  
          
       
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै