• २०८१ बैशाख २० बिहीबार

गुणस्तरीय शिक्षामा जोड दिनुपर्छ – मन्त्री रविन्द्र अधिकारी

kharibot

फाइल तस्विर । 

पोखरा / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले प्रारम्भिकदेखि दशजोड दुई कक्षासम्म गुणस्तरीय शिक्षा प्रदान गर्न सरोकारवाला सबै जुटनु पर्ने बताएका छन्  ।

पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित जनप्रिय माध्यमिक विद्यालयको छ कोठे पक्की भवनको बुधबार साँझ उद्घाटन गर्दै उनले सरकारले सामुदायिक विद्यालयको भौतिक संरचना तथा पठनपाठनमा गरेको लगानीअनुरुपको प्रतिफल आउनुपर्नेमा जोड दिए । 

साविकको जिल्ला शिक्षा कार्यालयबाट  ५२ लाख, विद्यालयको आन्तरिक स्रोतबाट  ८४ लाख ९५ हजार र सांसद विकास कोषको  १५ लाख गरी कूल एक करोड ५१ लाख ९५ हजारको लागत निर्माण सम्पन्न गरिएको हो । 

२०२५ सालमा स्थापना भई निमावि तहको कक्षा सञ्चालन गरेको सो विद्यालयले २०४३ मा मावि तह, २०६१ मा मानविकी, शिक्षा र व्यवस्थापन संकायमा दशजोड दुई कक्षा शुरु गर्नुका साथै २०७३ सालदेखि सिभिल इञ्जिनियरिङका र यसै शैक्षिक सत्रदेखि विज्ञान संकायका कक्षा सञ्चालन गरेको प्रधानाध्यापक बाबुराम पौडेलले जानकारी दिए । विद्यालयमा हाल एकहजार ८०० विद्यार्थी अध्ययनरत छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै