काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा भएको स्ववियू निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्म १७५२ मत गणना गर्दा नेविसंघ अगाडी आएको छ ।
नेविसंघका सभापति पदका उम्मेदवार दिपक राज जोशीले ४३८ मत प्राप्त गरेका छन् । त्यस्तै यस अघि अगाडी रहेका अनेरास्ववियुका सिद्धान्त भट्टले ४३२ मत प्राप्त गरेका छन् । त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ४१५ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले २८० मत प्राप्त गरेका छन् ।
६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा तीन हजार ११८ विद्यार्थीले मतदान गरेका थिए । विद्युतीय भोटिङ मेसिनमार्फत भएको मतदानको नतिजा आजै आउने निर्वाचन समितिले जनाएको छ ।









