• २०८३ बैशाख ५ शनिबार

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा नेविसंघ विजयी

त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा नेविसंघ विजयी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा नेविसंघ विजयी भएको छ । 

नेविसंघका सभापति उम्मेदवार दिपक राज जोशीले ७८९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् । 

त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् ।

६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा  विद्युतीय भोटिङ मेसिनमार्फत तीन हजार ११८ विद्यार्थीले मतदान गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै