काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा नेविसंघ विजयी भएको छ ।
नेविसंघका सभापति उम्मेदवार दिपक राज जोशीले ७८९ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गरेका छन् ।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ७२७ मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ७१७ मत प्राप्त गरेका छन् ।
६ हजार १६४ मतदाता विद्यार्थी रहेकोमा विद्युतीय भोटिङ मेसिनमार्फत तीन हजार ११८ विद्यार्थीले मतदान गरेका थिए ।









