• २०८२ असोज २२ बुधबार

यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपालले हङकङको सामना गर्दै

kharibot

काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले हङकङको सामना गर्दै छ । तल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुदैछ ।

जारी प्रतियोगितामा नेपालले आफ्ना दुवै खेल जितेर उत्कृष्ट शुरुवात गरेको छ । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै हङकङले भने आफ्नो पहिलो खेलमा अफगानिस्तानसँग हार बेहोरेको थियो ।

त्यस्तै आज अर्को खेल अफगानिस्तान र युएईबीच माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुदै छ । प्रतियोगितामा अफगानिस्तानले आफ्ना दुवै खेलमा जित हासिल गरेको छ भने युएईले पहिलो खेलमा हार बेहोरेको छ ।

त्यसैगरी यस प्रतियोगितामा अप्रिल १७ मा ओमान र युएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्दैछन् ।      

एशिया छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ । यो एकदिवसीय फर्म्याटको विश्वकप हो । 

यू-१९ विश्वकपको एशिया छनौट खेल्ने नेपाली टिममा नरेन भट्ट (कप्तान), अभिषेक तिवारी (उप-कप्तान), निरजकुमार यादव, साहिल पटेल, सिव्रिन श्रेष्ठ, रोशन कुमार विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अप्राजित पौडेल, युवराज खत्री र विपिन कुमार शर्मा रहेका छन् । 

नेपालले गत वर्ष दक्षिण अफ्रिकामा भएको विश्वकप खेलेको थियो भने नेपालले अहिलेसम्म आठ पटक युवा विश्वकप खेलिसकेको छ ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै