• २०८२ असोज २२ बुधबार

यू-१९ विश्वकपको एसिया छनोटमा आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुदै

kharibot

काठमाडौं । जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोट अन्तर्गत आज नेपाल र अफगानिस्तानबीच निर्णायक खेल हुदै छ ।

तल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि शुरु हुने छ ।

यस अघिका आफ्ना ३-३ खेलमा जित हासिल गरेर नेपाल र अफगानिस्तान विश्वकपमा छनौट हुन यो खेल खेल्दै छन् ।

समान अंक रहेपनि अफगानिस्तान नेट रनरेटमा‌ नेपालभन्दा अगाडी रहेको छ । आजको खेल बर्षाले बाधक भएमा वा अंक बाड्नु पर्ने अवस्था आएमा अफगानिस्तान छनौट हुने छ ।   

नेपाल र अफगानिस्तानसहित यूएई, हङकङ र ओमान छनोट प्रतियोगिता खेले पनि  यूएई, हङकङ र ओमान  छनौटको दौडबाट बाहिरिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै