• २०८२ असोज २२ बुधबार

यू-१९ विश्वकपको एसिया छनोटमा नेपालको लगातार तेस्रो जित

kharibot

काठमाडौँ । नेपालले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । बुधबार सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो ।

हङकङले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १२.२ ओभरमा एक विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । नेपालको जितमा शाहील पटेलले अविजित ४२ र कप्तान नरेन भट्टले अविजित ३९ रन बनाएका थिए भने निरज कुमार यादवले २३ रन बनाएका थिए ।  

यस अघि तल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको हङकङले ४६.२ ओभरमा अल आउट हुदै ११५ रन बनाएको थियो  ।

हङकङको ब्याटिंग लाइन ध्वस्त गर्नेक्रममा नेपाली बलर युवराज खत्रीले ४ विकेट लिए भने विपिन प्रसाद शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले एक विकेट लिएका थिए । हङकङका लागि शिव माथुरले सर्बाधिक ६३ रन बनाएका थिए ।

यो नेपालको जारी प्रतियोगितामा लगातार तेस्रो जित हो । नेपालले यसअघि युएईलाई डिएल मेथड अनुसार ५ रनले पराजित गरेको थियो भने ओमानलाई ८ विकेटले पराजित गरेको थियो । त्यस्तै हङकङले भने लगातार दोस्रो हार बेजोरेको छ ।

अब नेपालले अप्रिल १९ मा अफगानिस्तानसँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै