• २०८२ असोज २२ बुधबार

यू-१९ विश्वकप एसिया छनोटमा नेपाल र अफगानिस्तानबीचको खेल निर्णायक हुने

kharibot

काठमाडौं । अफगानिस्तानले जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित हासिल गरेसँगै अब शनिबार हुने नेपाल र अफगानिस्तानबीचको खेल २०२६ मा हुने यू-१९ विश्वकपको एशिया छनौट निर्णायक हुने भएको छ ।

बुधबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा अफगानिस्तानले यूएईलाई डिएल मेथड अनुसार १८० रनले पराजित गरेको थियो । 

योसँगै नेपाल र अफगानिस्तानले प्रतियोगितामा अपराजित रहदै ३-३ खेल जितेका छन् ।  योसँगै यूएई, हङकङ र ओमान छनोटको दौडबाट बाहिरिएका छन् ।

प्रतियोगितामा‌ नेपाल र अफगानिस्तान दुवैले ओमान, हङकङ र यूएईलाई हराउँदै ३-३ जित‌ निकालेका थिए । अफगानिस्तानले नेट रनरेटमा‌ नेपालभन्दा अगाडी रहेको छ । शनिबार हुने खेल बर्षाले रद्ध भएर अंक बाड्नुपर्ने अवस्था आएमा अफगानिस्तान छनौट हुने छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै