• २०८१ बैशाख २२ शनिबार

प्रतिनिधि सभामा संसदीय सुनुवाई समितिका सदस्यको नाम स्वीकृत, को को बने सदस्य ?

kharibot

काठमाडौँ । संघीय संसदको महत्वपूर्ण मानिने संसदीय सुनुवाई समितिका सदस्यको नाम आजको प्रतिनिधि सभाको बैठकले स्वीकृत गरेको छ । 

दलहरुबाट समितिमा प्रतिनिधित्व गर्ने सांसदहरुको नाम सिफारिस भएर आए बमोजिम आजको बैठकले स्वीकृत गरेको हो ।

समितिमा नेकपाबाट योगेश भट्टराई, सुरेन्द्र पाण्डे, पूर्णकुमारी सुवेदी, अमृता थापामगर, पार्वत गुरुङ, निरु पाल र शिवकुमार मण्डल केवट रहेका छन् ।  त्यस्तै नेपाली कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, भीमसेनदास प्रधान र पुष्पा भुसाल रहेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमबाट राजेन्द्र प्रसाद श्रेष्ठ र राजपाबाट लक्ष्मणलाल कर्ण सुनुवाई समितिमा रहेका छन् ।

त्यस्तै राष्ट्रिय सभाबाट नेकपाका सुमन प्याकुरेल, कांग्रेसका जितेन्द्र देव र नन्दा चपाईको नाम पारित भइसकेको छ ।

समितिमा प्रतिनिधिसभाका सभामुख राष्ट्रियसभाका अध्यक्ष र कानूनमन्त्री पदेन सदस्य रहने व्यवस्था छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै