• २०८३ श्रावण २२ शुक्रबार

राइड सेयरिङ कानुनको विरोधमा गण्डकीमा यातायात व्यवसायी आन्दोलनमा

राइड सेयरिङ कानुनको विरोधमा गण्डकीमा यातायात व्यवसायी आन्दोलनमा

पोखरा। गण्डकी प्रदेशमा याताय्वात व्यवसायी आन्दोलनमा उत्रिएका छन् । जसका कारण गण्डकी प्रदेश भर सार्वजनिक यातायात सेवा ठप्प भएको छ। प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली जारी गरेपछि त्यसको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

शुक्रबार  बिहानैदेखि  प्रदेशमा सार्बजनिक बस, ट्याक्सी तथा  ढुवानी सेवा ठप्प रहेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीले राइड सेयरिङ सम्बन्धी नियमावली खारेजको माग गर्दै आन्दोलनको घोषणा गरेको छ ।

यसअघि यातायात व्यवसायीले सरकारलाई जेठ १४ गतेसम्मको अल्टिमेटम दिएका थिए । व्यवसायीले  नियमावली फिर्ता नभएमा जेठ १९ गतेदेखि देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

गण्डकी सरकारले यहि जेठ १ मा राइड सेयरिङलाई नियमन र व्यवस्थापन गर्न  ल्याएको राइड सेयरिङ नियमन र व्यवस्थापन नियमावली २०८२ प्रदेश राजपत्रमा प्रकाशित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै