काठमाडौं । एभरेष्ट बैंकको नाफा ३२.८१ प्रतिशतले बढेको छ । बैंकले गत आर्थिक वर्ष २०८१-८२ मा बैंकले ४ अर्ब ९१ करोड ८१ लाख नाफा आर्जन गरेको हो । अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा बैंकले ३ अर्ब ७० करोड ३२ लाख नाफा आर्जन गरेको थियो ।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ४ अर्ब ९५ करोड ४४ लाख रहेको छ भने बैंकले ३८.२६ प्रतिशत लाभांश बाँड्ने क्षमता बनाएको छ । अघिल्लो वर्ष बैंकको लाभांश बाँड्ने क्षमता २८.०६ प्रतिशत थियो ।
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ७ अर्ब ४५ करोड ४२ लाख भएको छ । अघिल्लो वर्ष सञ्चालन मुनाफा ५ अर्ब ६६ करोड ३० लाख थियो । बैंकको सञ्चालन मुनाफा पनि ३१.६३ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ९ अर्ब १२ करोड ९३ लाख ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ७ अर्ब ६४ करोड ८३ लाख ब्याज आम्दानी गरेको थियो । ब्याज आम्दानी १९.३६ प्रतिशतले बढेको छ ।
बैंकले २ खर्ब ९८ अर्ब ८१ करोड निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब ६२ करोड कर्जा लगानी गरेको देखिएको छ । अघिल्लो वर्ष बैंकले २ खर्ब ३२ अर्ब ३१ करोड निक्षेप संकलन गरी १ खर्ब ७८ अर्ब २१ करोड कर्जा लगानी गरेको थियो ।
त्यस्तै बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.३८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ०.७१ प्रतिशत थियो ।
त्यस्तै बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३७.९९ रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष ईपीएस ३१.४७ रुपैयाँ थियो । त्यसैगरी पीई रेसियो १८.४७ गुणा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २४७.३९ रुपैयाँ रहेको सार्बजनिक वित्तीय विवरणबाट देखिएको छ ।









