• २०८३ श्रावण २४ आइतबार

बाइडेनको शल्यक्रिया सम्पन्न

बाइडेनको शल्यक्रिया सम्पन्न

काठमाडौँ । पूर्व अमेरिकी राष्ट्रपति जो बाइडेनको हालै शल्यक्रिया गरिएको छ ।

छालाको क्यान्सरबाट पीडित बाइडेनले मोहस सर्जरी (छालाको क्यान्सरसँग सम्बन्धित शल्यक्रिया) गराएको उनका प्रवक्ताले जानकरी दिएको बिबिसीले उल्लेख गरेको छ ।

यस प्रक्रियामा, क्यान्सरको कुनै निशान नभेटिँदासम्म छालाको तहहरू हटाइन्छ । हालै, ८२ वर्षीय बाइडेनको टाउकोको दाहिने छेउमा घाउ देखिएको थियो । सन् २०२३ मा बाइडेनको स्वास्थ्य जाँचको क्रममा, उनको छातीबाट क्यान्सर भएको छाला हटाइएको थियो । मे महिनामा, उनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको थियो, जुन उनको हड्डीमा फैलिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै