• २०८२ असोज २२ बुधबार

ट्रम्पको हमासलाई आइतबार साँझसम्मको अल्टिमेटम

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई आइतबार साँझ ६ बजेसम्म गाजाको लागि प्रस्तावित शान्ति सम्झौतामा सहमत हुन अल्टिमेटम दिएका छ ।

ट्रम्पले आइतबार साँझ ६ बजेसम्म हमासले प्रस्तावित सम्झौतामा सहमत नभएमा हमासविरुद्ध पहिले कहिल्यै नभएको विपत्ति आउने चेतावनी दिएका हुन् ।

ट्रम्पले यस हप्ता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग यो शान्ति योजना प्रस्तुत गरेका थिए । ट्रम्पले यो अन्तिम मौका भएको र हमास सम्झौतामा सामेल भएन भने, अमेरिका र यसका सहयोगीहरूले ठूलो मात्रामा बदला लिने बताएका छन् । सम्झौताको उद्देश्य गाजामा युद्ध रोक्नु र क्षेत्रमा दिगो शान्ति स्थापना गर्नु रहेको ट्रम्पको दाबी रहेको छ । 

ट्रम्पले योजनालाई 'अन्तिम मौका सम्झौता' भनेका छन् र सबै देशहरू पहिले नै सम्झौतामा सहमत भइसकेको बताएका छन् । विश्लेषकहरूका अनुसार ट्रम्पको यो कदम हमास र अन्य मध्यपूर्वका समूहहरूलाई द्वन्द्व चाँडै अन्त्य गर्न र नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न दबाब दिने उद्देश्यले हो । यद्यपि, हमासले ट्रम्पको २० बुँदे प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै