काठमाडौँ । प्रधानमन्त्री सुशिका कार्कीले सहकारी ठगि गर्नेलाई नछोड्ने बताएकी छन् ।
विहिबार सहकारी पीडितहरूको समस्या समाधानका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री अनिलकुमार सिन्हा, सम्बन्धित अधिकारीहरू, सचिवहरू र सरोकारवाला पक्षसँग छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकारले सहकारी ठगीमा संलग्न कसैलाई पनि नछोड्ने बताएकी हुन् ।
उनले ठगी गरेर नागरिकहरूको पसिनाको बचत हरण गर्नेहरूलाई कुनै हालतमा नछाड्ने आफ्नो र यो सरकारको स्पष्ट धारणा रहेको बताउदै सहकारी क्षेत्रको पारदर्शिता, जवाफदेहिता र पीडितको न्याय सुनिश्चित गर्न सरकार दृढ रूपमा प्रतिबद्ध रहेको बताएकी छन् ।









