• २०८१ बैशाख १५ शनिबार

नेविसंघ विवाद : अध्यक्ष महर र महामन्त्री काफ्ले आरोप–प्रत्यारोपमा

kharibot

काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले आरोप–प्रत्यारोपमा उत्रिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष नैनसिंह महरले आफ्नो कार्यकाल सफल भएको दाबी गरेपछि महामन्त्री काफ्लेले सभापतिले संठगनलाई चलायमान बनाउन नसकेको आरोप लगाए । साक्षात्कारमा नेविसंघ सभापति महरले संगठनको विधानअनुसार काम गर्न कुन्द काफ्लेको समुहलाई आग्रह गरे ।

उनले भने,‘नेविसंघको आफ्नै विधि र विधान छ, हामी सबैले विधि विधानको कार्यान्वयन गर्नुपर्छ, मेरो पालामा भएका संगठनहरुलाई जिवित राखेर, खालि भएको स्थानमामात्रै मैले पत्र काटेर समिति निर्माण गर्न भनेको थिएँ, नेपाल विद्यार्थी संघको नेतृत्व बहुमतमा छ कि छैन् ? भनेर जानकारी गराउने माध्यम भनेको केन्द्रीय समितिको बैठक नै हो, केन्द्रीय समितिको बैठक नबसि मनलाग्दी तरिकाले कुरा गरेर हुँदैन, पार्टीको गुटबन्दीमा परेर नेविसंघ भत्केको हो ।’

सभापति महरले संगठनको विधि अनुसार साउन २३ गते महाधिवेशन गर्नुपर्ने भएपनि तर अब तीन महिना समय थप गरेर गर्ने बताए । उनले भने,‘त्यो काम पूरा गर्न नेतृत्व एकदम सक्षम छ, साउन २३ गते विचारणीय छ, यदि त्यो समयमा महाधिबेशन भएन भने कार्तिक २३ गते हुन्छ, १ हजार भन्दा कम प्रतिनिधिहरुको उपस्थितिमा महाधिवेशन सम्पन्न हुन्छ ।’

त्यस्तै उनले नेविसंघलाई अन्तर्राष्ट्रियकरण गरेको जानकारी गराउँदै राष्ट्रियताको पक्षमा र समाजिक मुद्दाहरुको बारेमा पहिलो आवाज बोल्ने संगठन भएको दाबी गरे ।

त्यस्तै कार्यक्रममा नेविसंघका महामन्त्री कुन्दन काफ्लेले संघको नेतृत्वले संगठनलाई उचित रुपमा व्यबस्थापन गर्न नसकेको गम्भिर आरोप लगाए ।

महामन्त्रीले काफलेले भने,‘नेतृत्व अल्पमतमा छ, संगठनको विधि/विधान अनुसार चलेको छैन्, संघको १२ औं महाधिवेशन तोकिएकै मितिमा हुनुपर्छ भनेर हामीले पहिले नै मिति घोषणा गरेका छौं, पार्टीको निर्देशनलाई मध्येनजर गर्दै हामी अघि बढ्ने छौं ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै