• २०८१ बैशाख १५ शनिबार

नेविसंघको विवाद मिलाउन सभापति देउवाको निर्देशन

kharibot

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघ (नेविसंघ)को विवाद मिलाउन निर्देशन दिएका छन् । मंगलबार बिहान नेविसंघको शेखर कोइराला समूह बूढानीलकण्ड पुगेपछि देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पालाई विवाद मिलाउन निर्देशन दिएका हुन् । 

शेखर समूहका नेविसंघ केन्द्रीय सदस्यहरूले विवाद समाधान गर्न पहल गरिदिन देउवासँग आग्रह गरेका थिए । सभापति देउवाले नेविसंघ अध्यक्ष शेर्पालाई टेलिफोन गरी विवाद समाधान गरेर मात्रै केन्द्रीय समिति बैठक गर्न निर्देशन दिएका छन् । 

नेविसंघमा देखिएको गुटगत विवादका कारण अध्यक्ष शेर्पाले मंगलबार प्रज्ञा भवन कमलादीमा बोलाएको पहिलो केन्द्रीय समिति बैठक अनिश्चित बनेको छ । 

नेविसंघ सभापति शेर्पा सोमबारदेखि विवाद समाधानका लागि शेखर समूहसँग निरन्तर छलफलमा छन् । शेखर-गगन समूहको आन्तरिक लफडाका कारण विवाद मिलाउन समस्या आएको शेर्पाको भनाइ छ । 

यता शेखर समूहले अध्यक्ष शेर्पाले कांग्रेस कार्यसम्पादन समितिले गरेको निर्णय उल्लङ्घन गरेपछि विवाद सुरु भएको आरोप लगाएको छ । नेविस्संघको महाधिवेशन आगामी असार १५ मा तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै