काठमाडौँ। एसिया कप क्रिकेटका लागि हुने क्वालिफायर प्रतियोगिता मलेसियामा हुने भएको छ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) ले सो बारे जानकारी दिदै एसिया कप क्रिकेट क्वालिफायर प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म क्वालालाम्पुरमा हुने बताएको छ ।
एसिया कप-२०१८ को छनोटका रूपमा हेरिएको यो प्रतियोगितामा नेपालसहित टेष्ट नखेल्ने एसियाका उत्कृष्ट ६ राष्ट्रको सहभागिता हुदै छन् ।
जसमा नेपाल, युएई, हङकङ, सिंगापुर, ओमान र घरेलु टोली मलेसिया भिड्नेछन्। एसियन क्रिकेट काउन्सिलले खेलको विस्तृत तालिका भने अझै प्रकशित गरेको छैन । यस अघि क्वालिफायर खेल भारतमा हुने बताएको थियो।
एशिया कपमा भदौ ३० गते देखि असोज १२ गतेसम्म हुने प्रतियोगितामा एसियाका टेष्ट खेल्ने पाँच राष्ट्र र छनोट भएर जाने एक गरी कुल ६ राष्ट्र सहभागी हुनेछन् । छनौट हुने देशले भदौ ३१ मा पाकिस्तानसँग र असोज २ मा भारतसँग खेल्ने छ।