प्रारम्भिक कक्षा पढाइ कार्यक्रम बर्दियामा पनि सञ्चालन

खरीबोट

फाइल तस्विर । 

नेपालगन्ज / कक्षा १ देखि ३ सम्मका बालबालिकाको पठन सीप क्षमतामा सुधार ल्याई उनीहरुको शैक्षिक जग बलियो बनाउने उद्देश्यका साथ बर्दिया जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम शुरु गरिएको छ । 

सो कार्यक्रम बाँके जिल्लामा सफलतापूर्वक सम्पन्न भएपछि सरकारले बाँके युनेस्को क्लबलाई यही साउन महिनादेखि बर्दियामा पनि कार्यक्रम सञ्चालनको जिम्मेवारी दिएको हो । 

नेपाल सरकारले देशका १६ जिल्लामा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत बर्दियामा सामाजिक तथा समुदाय परिचालन गरेर कार्यक्रमलाई सफल बनाउने जिम्मेवारी बाँके युनेस्को क्लबले पाएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले बताए । 

बर्दियाका ३०० सामुदायिक विद्यालय र मदरसाका १ देखि ३ कक्षा सम्मका ३१ हजार ३२९ बालबालबालिका, शिक्षक, व्यवस्थापन समितिका पदाधिकारी र सदस्य तथा अभिभावकहरुलाई कार्यक्रमभित्र समेटिएको क्लबका अध्यक्ष प्रवेजअली सिद्धिकीले बताए । 

कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षा सम्मका बालबालिकाको पठन सीपको महत्वबारे अभिभावकलाई बुझाउने तथा बालबालिकाको पढाइमा सहयोग गर्न अभिभावकलाई प्रेरित गर्ने बताइएको छ । 

सोही कार्यक्रमअन्तर्गत बर्दियाका ९५ वटा विद्यालय र मदरसालाई अधिकतम रु दुई÷दुई लाख अनुदान सहयोगसमेत उपलव्ध गराइनेछ । कार्यक्रम सञ्चालनका लागि बर्दियामा परियोजनाको कार्यालय स्थापना गरी सात जना समुदाय परिचालन अधिकृतलाई विद्यालयमा तोकिएको विद्यालयमा खटाइएको छ । 

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमअन्तर्गत अभिभावकलाई दौँतरी शिक्षा तालीम, स्थानीयस्तरमा शैक्षिक सामग्री निर्माण, पढाइ उत्सव, अभिभावक शिक्षक सम्मेलन तथा पैरवी तथा चेतनामूलक अभियान लगायतका गतिविधिहरु सञ्चालन गरिनेछ । 
 

सम्बन्धित समाचार

भारत चल्ने बस रोक्दै नेपालगन्जका होटल व्यवसायी

बाँके । नेपालगन्जका होटल व्यवसायी नेपालगन्ज हुँदै भारतका विभिन्न शहरमा सञ्चालन भइरहेका यात्रुवाहक बस रोक्न सडकमा उत्रिएका छन् । पर्यटकीय इजाजत लिएर भारतका विभिन्न शहरमा यात्रु ओसार–पसार गर्ने नेपाली बसलाई

नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीमा दियो सार्वजनिक बिदा 

काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएको छ । उपमहानगर कार्यपालिकाको आज बसेको बैठकले शुक्रबार एक दिन पृथ्वी जयन्तीका अवसरमा उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक बिदा दिने निर्णय

नेपालगन्ज रंगशालाको शिलान्यास

खजुरा, बाँके।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले मुलुकको समृद्धि तथा विकासका लागि खेलकूदको माध्यमबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताएका छन् ।  आठौँ राष्ट्रिय खेलकूद २०७५ मिसनमा निर्माण गर्न लागिएको नेपालगन्ज रंगशालाको

नेतृत्व परिवर्तनको विकल्प छैन—नेता सिंह

नेपालगन्ज । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने —“विधिलाई


z