• २०८१ बैशाख २१ शुक्रबार

राजीनामा दिने भन्ने समाचारको प्रस्तावित प्रधानन्यायाधीश जोशीद्वारा खण्डन

kharibot

काठमाडौँ।  सर्वोच्च अदालतमा प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीले आफुसम्बन्धि आएका समाचारको खण्डन गरेका छन्।

जोशीको निजी सचिवालयमार्फत् जारी विज्ञप्तिमा ‘कामु प्रधान न्यायाधीशबाट राजीनामा आउँदै’ तथा सत्तारुढ दलबाट राजीनामाका लागि सन्देश जस्ता’ समाचार भ्रामक र कपोकल्पित भएको उल्लेख गरेका छन् ।

जोशीले राजीनामा दिने हल्लाबीच उनको सचिवालयले यससम्बन्धी समाचारहरुको खण्डन गरेको हो। संसदीय सनुवाइका नेकपा नेताहरुले जोशीलाई राजीनामा मार्फत् 'सेफ ल्याण्डिङ'को सुझाव दिदैँ आएको भन्ने समाचार विभिन्न मिडियामा प्रकाशित भएपछि जोशीको तर्फबाट यस्तो भनाइ आएको हो। 

जोशी हाल सुनुवाइ समितिको निर्णयको प्रतिक्षामा रहेको विज्ञप्तिमा जनाइएको छ । जोशीले सुनुवाईका क्रममा आफ्ना सबै प्रमाणपत्र सुनुवाइ समितिमा पेश गरेको उल्लेख गर्दै विज्ञप्तिमा शैक्षिक योग्यता विषयमा भ्रममा नपर्न आग्रह गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘राज्यको साधिकार निकायमा छलफलपछि निर्णय नभएको अवस्थामा संसदीय सुनुवाइ क्रममा समितिमा प्रस्तुत समेत नभएको उजुरी तथा सुनुवाइमा नउठेको प्रश्नलाई आधार बनाएर कपोकल्पित विषय उठान हुनु आफैँमा अस्वभाविक विषय हो। यसले संसदीय सुनुवाइलाइ नै प्रभावित पार्न खोजिएको त हैन भन्ने संशय पैदा भएको छ।’

गत विहिबार जोशीको सुनुवाई सकिएकोमा शुक्रबार आइतबार, सोमबार हुदै अब बुधबारको बैठकले जोशीको अनुमोदन गर्ने नगर्ने निर्णय गर्ने भएको छ।  
 
  

     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै