• २०८१ बैशाख २४ सोमबार

संसदीय सुनुवाई विशेष समितिको बैठक जोशीबारे निर्णय नगरी स्थगित 

kharibot

काठमाडौं । प्रस्तावित प्रधानन्यायधीश दीपकराज जोशीलाई अनुमोदन गर्न बसेको संसदीय सुनुवाई विशेष समितिको बैठकले आज पनि कुनै  छैन।  

निर्धारित समय भन्दा करिब २ घण्टा ढिलो बसेको बैठकले यस बारेमा कुनै निर्णय गर्न असफल भएको छ।  

बैठकमा प्रमुख विपक्षी नेपाली काँग्रेसले पूर्वसांसद कृष्णकुमार जोशीको निधनको शोकमा बैठक स्थगित गर्न माग गरेको थियो । काँग्रेसले आजको बैठक स्थगित नगरे बहिस्कार गर्ने चेतावनी दिएपछि बैठक शुक्रबार १० बजेका लागि सारिएको बताइएको छ ।

शैक्षिक प्रमाणपत्र फर्जी भएको तथा उनले गरेको थुप्रै फैसलाहरू विवादास्पद रहेको लगायतका कारण देखाउँदै सत्तारूढ दल नेकपा जोशीलाई प्रधानन्यायाधीश बनाउन नहुने पक्षमा उभिएको छ भने प्रतिपक्षी दल काँग्रेस जोशीलाई प्रधानन्यायाधीश बनाउनु पर्ने अडान लिएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश जोशीले आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेको र भेटमा प्रधानमन्त्री ओलीले जोशीलाई राजीनामा दिएर मार्गप्रशस्त गरिदिन आग्रह गरेका बालुवाटार स्रोतले जानकारी दिएको छ ।

त्यस्तै कांग्रेस सभापति शेरबहादुर देउवा र नेपाल वार एसोशिएसनमा रहेका कांग्रेस निकटका पदाधीकारीहरुले पनि जोशी प्रकरणमा छलफल गरेका थिए ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै