• २०८१ बैशाख २४ सोमबार

भारतीय प्रधानन्यायधीश गोगईद्वारा सपथ ग्रहण

kharibot

भारत । भारतीय प्रधानन्यायाधीश रञ्जन गोगईले बुधबार आफ्नो पद तथा गोपनीयताको सपथ लिएका छन् ।

भारतीय राष्ट्रपति भवनमा बुधबार आयोजित एक विशेष समारोहमा उनलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले सपथ ग्रहण गराएका हुन् ।

उनलाई भारतीय राष्ट्रपति कोविन्दले गत सेप्टेम्बर ३ मा भारतको ४६औँ प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

भारतको आसाममा जन्मिएका प्रधानन्यायाधीश गोगई ६३ वर्षको छन् । उनी भारतको उत्तरपूर्वी क्षेत्रबाट नियुक्त हुने पहिलो प्रधानन्यायाधीश बनेको पनि प्राप्त समाचारमा जनाइएको छ ।

उनको कार्यकाल १३ महिनाको मात्र रहेको बताइएको छ । प्रधानन्यायाधीश कोविन्द सन् २०१९ को नोभेम्बरमा सेवानिवृत्त हुनुहुनेछ । उनी राष्ट्रिय कानुन सेवा नियोगको कार्यकारी अध्यक्ष पनि छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै