• २०८१ बैशाख १७ सोमबार

मन्त्री, सचिव र ठेकेदार लिएर माधवकुमार नेपालले गरे बौद्ध–जोरपाटी सडकको अनुगमन 

kharibot

तस्बीर : रासस

काठमाडौं।  पुर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल मन्त्री, प्रदेश सांसद र विभागका सचिवसहित ठेकेदारलाई समेत लिएर बैद्ध जोरपाटी सडक अनुगमन गरेका छन् ।

नेता नेपाल बिहीबार विहान चाबहिल–बौद्ध–साँखु–जोरपाटी सडकको अनुगमन गरेका हुन् । काठमाडौं क्षेत्र नम्बर २ का सांसद समेत रहेका नेता नेपाल प्रदेश सांसद रामेश्वर फुयाँल, यातायात मन्त्री रघुवीर महासेठसमेतलाई लिएर सडक निर्माणको अनुगमन गरेका हुन् । सडक मर्मत र निर्माण नगरेको भन्दै महानगरपालिका देखि केन्द्रीय सरकारसम्मको चौतर्फी आलोचना बहिरहेका बेला नेता नेपालले यस्तो अनुगमन गरेका छन्। 

उनले अनुगमनका क्रममा काममा ढिलाई गर्ने ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिए । उनले आफू १५ दिनपछि अनुगमनमा आउँदा सडकमा रहेको खाल्डाखुल्डी पुरिनुपर्ने बताउदै खाल्ड खुल्डी नपुरिए ठेकेदार माथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

स्थानीयले ठेकेदारले अनुगमनमा मन्त्री तथा नेता आउने भनेपछि ठेकेदारले सडक सफा गर्ने र मर्मत गर्ने, मन्त्री तथा नेता नआउँदा सडकको बेहाल हुने गुनासो गरेका थिए । साथै स्थानीयले पानी परेको बेला अनुगमनमा आउन भन्दै व्यंग्य गरेका थिए।  

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै