• २०८३ बैशाख १७ बिहीबार

रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

रोल्पामा जिप दुर्घटना, १७ जनाको मृत्यु

बुटवल । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ।

थवाङ गाउँपालिका अन्तर्गत जलजलामा रुकुमपूर्वबाट मेलामा सहभागी हुन जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप करिब ८ सय मिटर तल भिरमा खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ । दुर्घटनामा सहचालकको सकुशल उद्धार गरिएको बताइएको छ भने जीपमा कति सवार थिए भन्ने स्पष्ट भएको छैन ।  

दुर्घटनामा परेको जिपमा वैशाख पूर्णिमाका अवसरमा लागेको मेलामा सहभागी हुन गइरहेका स्थानीय सवार रहेको बताइएको छ । घटनास्थल दुर्गम भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटना बारे थप विवरण आउनेक्रममा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै