• २०८३ बैशाख २३ बुधबार

गैंडाको खागसहित दरबारमार्गबाट तीन जना पक्राउ

गैंडाको खागसहित दरबारमार्गबाट तीन जना पक्राउ

काठमाडौँ । काठमाडौं महानगरपालिका-१ दरबारमार्गस्थित ओरियन्ट क्याफेबाट करिब १ किलो ७५ ग्राम तौलको गैंडाको खाग जस्तो देखिने वस्तु १ थान सहित सोही महानगरपालिका-२४ न्यूरोड बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्‍ठसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले क्याफे तलासी गर्दा उक्त वस्तु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै