• २०८३ जेठ १५ शुक्रबार

काभ महिला भलिबल: तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित

काभ महिला भलिबल: तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित

काठमाडौँ । जारी काभा महिला भलिबल च्याम्पियनसिपको तेस्रो स्थानको खेलमा नेपाल भारतसँग पराजित भएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न तेस्रो स्थानको खेलमा नेपाल भारतसँग ३-१ को सेटमा पराजित भएको हो ।

यस खेलमा नेपालले सुरुका दुई सेटमा हार बेहोरेपछि खेलमा तेस्रो सेट जितेर खेलमा कमब्याक गरेको थियो । तर चौथो सेटमा भारतसँग  पराजित भएपछि नेपाल ३-१ ले पराजित भएको थियो । भारतले यस खेलमा २५-२२, २५-२३, १५-२५ र २५-२२ ले खेल जितेको छ । योसँगै भारत प्रतियोगितामा तेस्रो भएको छ भने नेपाल चौथो भएको छ । 

प्रतियोगिता अब फाइनल खेल आजै केहीबेरमा इरान र काजकिस्तानबीच हुदैछ ।   

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै