• २०८३ जेठ २८ बिहीबार

द्रुतमार्ग आयोजनाको पिकअप दुर्घटना हुदा दुई जनाको मृत्यु

द्रुतमार्ग आयोजनाको पिकअप दुर्घटना हुदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको भिमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडक खण्डमा पिकअप गाडी दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

बा.प्र.०१–०३३ च २१४४ नम्बरको पिकअप गाडी अनियन्त्रित भई करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ । उक्त गाडी द्रुतमार्ग आयोजनासँग सम्बन्धित रहेको बताइएको छ।

दुर्घटनामा चालक सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमान निवासी अन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी र द्रुतमार्ग आयोजनामा कार्यरत इन्जिनियर बारा पचरौता नगरपालिका–७ निवासी २१ वर्षीय सूर्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै