• २०८३ असार ४ बिहीबार

नारायणी र भोटेकोशी नदीबाट दुई जनाको सकुशल उद्धार

नारायणी र भोटेकोशी नदीबाट दुई जनाको सकुशल उद्धार

चितवन  । पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका–२ स्थित नारायणी नदिमा हाम फालेका एक बृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षिय झनक प्रसाद पौडेल विहिबार बिहान उक्त नदिमा हाम फालेका थिए ।

सो लगत्तै सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गुल्म पूर्वी नवलपरासीबाट खटिएको टोलीले उनलाई मोटर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागि चितवन अस्पतालतर्फ पठाएको छ । उनको अवस्था भने सामान्य रहेको छ ।

त्यसैगरी सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ लार्चास्थित भोटेकोशी नदिको बीच भागमा  अड्कीएका एक जनाको विहिबार शस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

सोही गाउँपालिका–१ लिस्ती बस्ने २३ बर्षिय संजिव बिकलाई उक्त नदिले बगाएको भन्ने खबर पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट तातोपानीबाट खटिएको टोलीले उनलाई नदिको बिच भागमा रहेको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । उद्धार पश्चात उनलाई उपचारको लागी धुलिखेल अस्पताल पठाईएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै