• २०८३ असार २७ शनिबार

जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर विम्बल्डनको फाइनलमा

जोकोभिचलाई सोझो सेटमा हराउँदै सिनर विम्बल्डनको फाइनलमा

काठमाडौँ । इटालीका यानिक सिनरले सात पटकका विम्बल्डन विजेता नोभाक जोकोभिचलाई सोझो सेटमा पराजित गर्दै विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ फाइनलमा स्थान बनाएका छन् ।

सेमिफाइनलमा साविक विजेता सिनरले सर्बियाका अनुभवी खेलाडी जोकोभिच ६–४, ६–४ र ६–४ को सहज हारसहित बाहिरिएका हुन् । दुई घण्टा २० मिनेटसम्म चलेको खेलमा सिनरले सुरुदेखि नै आक्रामक प्रदर्शन गर्दै जोकोभिचलाई खेलमा फर्किने अवसर दिएनन् ।

३९ वर्षीय जोकोभिच आठौँ विम्बल्डन उपाधि जित्दै रोजर फेडेररको कीर्तिमान बराबरी गर्ने लक्ष्यमा थिए । तर यस संस्करणमा लगातार कठिन खेल खेलेका उनी सेमिफाइनलमा सिनरको उत्कृष्ट प्रदर्शनअघि निरीह देखिए । सिनरले शक्तिशाली सर्भिस, लगातार सट र उत्कृष्ट रक्षात्मक खेल प्रदर्शन गर्दै अनुभवी प्रतिद्वन्द्वीलाई दबाबमा राखे ।

फ्रेन्च ओपनबाट अप्रत्याशित रूपमा बाहिरिएपछि विम्बल्डन पुगेका २४ वर्षीय सिनरले प्रतियोगिताभर आफ्नो लय सुधार्दै आएका थिए । सेमिफाइनलमा उनले करिअरकै उत्कृष्ट सर्भिस प्रदर्शनमध्ये एक गर्दै धेरै ऐस प्रहार गरे भने जोकोभिचलाई प्रभावकारी रूपमा प्रतिरक्षा गर्ने अवसर नै दिएनन् ।

अब आइतबार हुने उपाधि भिडन्तमा सिनरले जर्मनीका अलेक्जेन्डर ज्भेरेभसँग प्रतिस्पर्धा गर्नेछन्। ज्भेरेभले अर्को सेमिफाइनलमा बेलायतका आर्थर फेरीलाई ७–६ (७–०), ६–२ र ६–४ ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै