काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने ८३ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा लुम्बिनी प्रदेशमा ३ जना, काठमाडौँमा २ जना र बागमती प्रदेशमा एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ८३ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २९ जना घाइते भएका छन् भने काठमाडौँमा २२ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २१ जना घाइते भएका छन् । त्यस्तै लुम्बिनीमा ९ जना र कर्णालीमा २ घाइते भएका छन् ।









