• २०८३ असार ३० मंगलबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना

सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत 'रक्तदान जीवनदान-हामी सबैको योगदान' भन्ने मूल नाराका साथ रक्तदान कार्यक्रम सञ्चालन गरेको हो ।

कम्पनीको केन्द्रीय कार्यालय परिसरमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिताका बीच रक्तदान कार्यक्रम सम्पन्न भएको सिटी एक्सप्रेसले जनाएको छ । कार्यक्रममा कम्पनीका ब्रान्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालसहित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

२०औँ वार्षिकोत्सवकै अवसरमा सिटी एक्सप्रेस मनी ट्रान्सफरले उत्कृष्ट कर्मचारीहरूलाई सम्मान तथा पुरस्कारसमेत प्रदान गरेको थियो । कम्पनीले कर्मचारीको योगदानको कदर गर्दै उनीहरूलाई प्रोत्साहनस्वरूप सम्मान गरेको जनाएको छ ।

रेमिट्यान्स क्षेत्रमा छुट्टै पहिचान बनाउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत १९ वर्षदेखि विश्वका विभिन्न देशबाट विप्रेषण सेवा प्रदान गर्दै आएको छ । कम्पनीले सिटी पे वालेटमार्फत अनलाइन भुक्तानी सेवा सञ्चालन गर्दै आएको छ भने सिटी पेबाट विप्रेषण भुक्तानीसमेत गर्न सकिने व्यवस्था गरेको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सुरक्षित, सहज र भरपर्दो विप्रेषण सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले प्रविधिमैत्री सेवामार्फत ग्राहकलाई थप सुविधा प्रदान गर्ने लक्ष्य राखेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै