• २०८३ असार ३२ बिहीबार

एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

एमालेका पूर्व सांसद कोइरीलाई रिहा गर्न सर्वोच्चको आदेश

महोत्तरी । नेकपा एमालेका पूर्व सांसद लक्ष्मी महतो कोइरी सर्वोच्चले रिहा गर्न आदेश दिएको छ । 

विहिबार बन्दी प्रत्यक्षीकरणको रिटमाथि न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको इजलासले सुनुवाइ गर्दै कोइरीलाई रिहा गर्न आदेश दिएको हो । सर्वोच्चले पुनरावेदन गर्न पाउने समय बाँकी रहँदा नै कोइरीलाई गैरकानुनी रुपमा पक्राउ पुर्जी दिएर थुनामा पठाएको भन्दै रिहा गर्न आदेश दिएको छ ।

२०७२ भदौ २५ गते महोत्तरीको जलेश्वरमा भएको मधेस आन्दोलनमा थमन विकको हत्यामा जिल्ला अदालत महोत्तरीले उनलाई सफाइ दिएको थियो । 

उच्च अदालत जनकपुरमा पुनरावेदनमा जाँदा उनलाई यहि असार १७ गते ५ वर्ष कैद सजाय सुनाएको थियो । तर उक्त फैसलाको पूर्णपाठ नआउँदै इलाका प्रहरी कार्यालयले असार १८ गते उनलाई गैरकानुनी रूपमा पक्राउ गरेको भन्दै  उनका छोरा मनोजकुमारले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै