• २०८३ असार ३२ बिहीबार

कांग्रेस सांसद शाहविरूद्व पक्राउ पुर्जी जारी

कांग्रेस सांसद शाहविरूद्व पक्राउ पुर्जी जारी

बुटवल । नेपाली कांग्रेसका कपिलवस्तुका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । 

कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष अध्यक्ष सीताराम शर्मामाथि आक्रमण गरेको आरोपमा मुद्दा दर्ता भएर पक्राउ पुर्जी जारी भएको कपिलवस्तु प्रहरीले जानकारी दिएको छ ।  शाह कपिलवस्तु-३ बाट निर्वाचित सांसद हुन् । 

आक्रमणमा संघीय सांसद अभिषेकप्रताप शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित शर्माको निवासमा प्रवेश गरेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा सार्बजनिक भएको छ । 

कपिलवस्तु जिल्ला अदालतले सांसद शाहलाई पक्राउ गर्न अनुमति दिएपछि प्रहरीले उनको खोजी गरिरहेको बताएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै