काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मुल्य तोलाको ५ हजार ४ सयले बढेर तोलाको २ लाख ९१ हजारमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११० रुपैयाँले बढेर तोलाको ४४८० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४३७० मा कारोबार भएको थियो ।









