• २०८३ श्रावण ६ बुधबार

काभा पुरुष भलिबल: काजकिस्तानसँग नेपाल पराजित

काभा पुरुष भलिबल: काजकिस्तानसँग नेपाल पराजित

काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपको पहिलो खेलमा नेपाल काजकिस्तानसँग ३–२ ले पराजित भएको छ ।

पाकिस्तानको इस्लामाबादमा भएको खेलमा पहिलो २ सेट पराजित भएपछि पछिल्लो २ सेटमा कमब्याक गर्दै नेपालले खेल पाँचौं सेटमा लम्बाएको थियो । नेपाल काजकिस्तानसँग २५–१९, २५–२१, ३२–३४, २५–१९ र १५–९ ले पराजित भएको हो । 

नेपालविरुद्ध पहिलो, दोस्रो र पाँचौं सेट जित्दै काजकिस्तानले प्रतियोगितामा सुखद् सुरुवात गरेको हो । नेपालले तेस्रो र चौथो सेटमा निकै राम्रो कमब्याक जित निकाले पनि पाँचौं सेटमा भने पछि पर्‍यो । हारका बावजुद पनि नेपालले अंक तालिकामा १ अंक दर्ता गरेको छ । नेपालले दोस्रो खेल श्रीलंकासँग बिहीबार खेल्ने तालिका रहेको छ । यस प्रतियोगिता ६ वटा राष्ट्रले सहभागिता जनाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै