• २०८३ श्रावण ६ बुधबार

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले बुझायो अन्तरिम प्रतिवेदन

मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले बुझायो अन्तरिम प्रतिवेदन

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीलाई मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन सम्बन्धी गठित समिति (टास्क फोर्स) ले अन्तरिम प्रतिवेदन पेश गरेको छ । 

बैठकमा मन्त्रीले विशेषगरी देशका विभिन्न जिल्लामा बाँदरका कारण किसानले भोगिरहेका समस्या अत्यन्त गम्भीर बन्दै गएको उल्लेख गर्दै यसको दीर्घकालीन र व्यवहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताएकी थिइन् । 

बैठकमा टास्क फोर्सले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तयार पारिएको अन्तरिम प्रतिवेदन पेश गर्दै बाँदरसहित अन्य वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण, क्षतिपूर्ति प्रणाली सुधार, जनचेतना अभिवृद्धि तथा दीर्घकालीन व्यवस्थापनका विभिन्न सुझाव प्रस्तुत गरेको थियो ।

मन्त्री चौधरीले प्राप्त सुझावहरूको अध्ययन गरी आवश्यक नीतिगत निर्णय, कानुनी सुधार तथा प्रभावकारी कार्यान्वयनमार्फत मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्रालय दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै