• २०८३ श्रावण ९ शनिबार

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ९६ जना घाइते

२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, ९६ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६  जनाको मृत्यु भएको छ भने ९६  जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यका र कोशी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ भने गण्डकी र बागमती प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा ९६ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन् । त्यस्तै कोशीमा १२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १५ जना, सुदूरपश्चिममा १६ जना, गण्डकीमा ३ जना र कर्णालीमा ४ घाइते भएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै