काठमाडौँ । काठमाडौंको नागढुङ्गा चेकपोस्टबाट १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरिएको छ ।
काठमाडौं महानगरपालिका–२ नागढुङ्गास्थित चेकपोस्टमा काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९८५५ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा एक यात्रुको साथबाट प्रतिबन्धित लागुऔषध बरामद गरिएको हो।
नागढुङ्गा चेकपोस्ट र लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले बसमा सवार खोटाङको रावाबेँसी गाउँपालिका–४ बस्ने ३६ वर्षीय डिल्ली निरौलाको खानतलासी गर्दा उनले लुकाइछिपाइ ल्याएको अवस्थामा खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने १७ ग्राम गिलो पदार्थ फेला पारेको छ।
बरामद गरिएको लागुऔषधसहित डिल्ली निरौलालाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









