• २०८३ श्रावण १६ शनिबार

स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि अन्तर्वार्तामा ३७ उम्मेदवार छनोट

स्वास्थ्य क्षेत्रका विभिन्न निकायमा पदाधिकारी नियुक्तिका लागि अन्तर्वार्तामा ३७ उम्मेदवार छनोट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रअन्तर्गतका विभिन्न परिषद्, अस्पताल तथा बोर्डका पदाधिकारी नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

मन्त्रालयका अनुसार यसअघि प्रकाशित सूचनाअनुसार प्राप्त आवेदनको मूल्याङ्कनपछि विभिन्न पदका लागि उम्मेदवारहरूलाई अन्तर्वार्ता र प्रस्तुतिकरणका लागि छनोट गरिएको हो। छनोट भएका उम्मेदवारले तोकिएको मिति र समयमा सम्बन्धित कागजातको सक्कल तथा प्रतिलिपिसहित उपस्थित हुनुपर्ने सूचनामा उल्लेख छ।

सूचनाअनुसार नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदका लागि ७ जना, रजिस्ट्रार पदका लागि ७ जना, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य पदका लागि १३ जना, सदस्य सचिव पदका लागि ७ जना तथा नेपाल आयुर्वेद चिकित्सा परिषद्को अध्यक्ष पदका लागि ४ जना गरी कुल ३८ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्।

अन्तर्वार्ता तथा प्रस्तुतिकरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सिंहदरबारमा सञ्चालन हुनेछ। नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष पदका लागि साउन १८ गते दिउँसो २ बजे, नेपाल मेडिकल काउन्सिल अध्यक्ष पदका लागि साउन १९ गते बिहान १० बजे, नेपाल मेडिकल काउन्सिल रजिस्ट्रार पदका लागि साउन २० गते बिहान १० बजे, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य पदका लागि साउन २१ गते बिहान १० बजे तथा सदस्य सचिव पदका लागि साउन २२ गते बिहान १० बजे अन्तर्वार्ता तय गरिएको मन्त्रालयले जनाएको छ ।

नेपाल मेडिकल काउन्सिल अध्यक्ष

कृष्ण कुमार राई

कृष्णप्रसाद अधिकारी

दुन्डीराज पौडेल

नारायणविक्रम थापा

निलमणी उपाध्याय

विश्वास प्रधान

सुभाना प्रधान

नेपाल मेडिकल काउन्सिल रजिस्ट्रार

खिलासा पोखरेल

प्रविनकुमार गिरी

प्रमोदकुमार कोइराला

रञ्जितकुमार झा

रविन्द्र बाराकोटा

सुप्रभात श्रेष्ठ

हुलास अग्रवाल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य

अजय रिसाल

अजित रायमाझी

गणेश दंगाल

धर्मागत भट्टराई

नारायणबहादुर महतो

प्रमोद जोशी

रवा थापा

विश्वास प्रधान

सरस्वती न्यौपाने

सरोजप्रसाद ओझा

सतीशकुमार देव

सन्तोषकुमार ठाकुर

सुधा बराल

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् सदस्य सचिव

दिपेन्द्रकुमार यादव

धर्मागत भट्टराई

प्रमोद जोशी

विनोदकुमार यादव

श्यामप्रसाद लोहनी

सविना श्रेष्ठ

शोभानन्द सञ्जेल

नेपाल आयुर्वेद चिकित्सा परिषद् अध्यक्ष

जया सत्याल

देवकला भण्डारी

श्यामबाबु यादव

सिद्धार्थकुमार ठाकुर

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै