काठमाडौं । नेकपा एमालेले सुनसरी घटनाको छानबिन गर्नको लागि न्यायिक समिति गठन गर्न माग गरेको छ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद गुरु बरालले पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन गर्न न्यायिक समिति गठन गर्न माग गरेका हुन् ।
सांसद बरालले सुनसरी घटनामा चार जनाको हत्याको जिम्मा नैतिक रूपमा प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने बताए । उनले भने- 'त्यो दुर्घटनाको यथोचित कारण पत्ता लगाएर समस्याको दिगो समाधानतिर लागौँ । यही दिशामा जाँदा देशको कल्याण हुन्छ, यसमा हठ राख्ने कुरा स्वीकार्य हुँदैन ।’
उनले देशमा ग्यास अभाव भएको र सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । सांसद बरालले सुस्तामा भारतीय सेना सिभिल ड्रेसमा आएको घटना उठाउदै सरकारलाई सचेत गराएका थिए ।









