• २०८३ श्रावण २३ शनिबार

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह साझेदारी वन क्षेत्रबाट बेपत्ता

कपिलवस्तुका पूर्व नगरप्रमुख सिंह साझेदारी वन क्षेत्रबाट बेपत्ता

कपिलवस्तु । कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंह तिलौराकोट साझेदारी वन क्षेत्रको जंगलबाट बेपत्ता भएका छन् ।

सिंह शुक्रबार अपराहन्न करिब ४ बजेदेखि सम्पर्कविहीन भएको परिवारले बताएको छ । उनले प्रयोग गर्ने मोटरसाइकल भने तिलौराकोटस्थित साझेदारी वन क्षेत्रमा फेला परेको छ ।

सिंहको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय सर्वसाधारण परिचालन भएका छन् । हालसम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन भने खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै