• २०८१ बैशाख १७ सोमबार

पाकिस्तानी समकक्षीलाई परराष्ट्रमन्त्री ज्ञवालीको बधाई 

kharibot

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पाकिस्तानका नवनियुक्त परराष्ट्रमन्त्री मखदुम शाह महम्मदलाई बधाई दिएका छन् । उनले समकक्षी महम्मदलाई सोमबार सन्देश पठाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्रले पठाएको विज्ञप्तिमा सन् १९६० मा स्थापना भएको नेपाल र पाकिस्तानबीचको कूटनीतिक सम्बन्ध अझै न्यानो र सहयोगी बन्ने भन्दै ज्ञवालीले समकक्षीसँग नजिक भएर काम गर्ने इच्छा व्यक्त गरेको उल्लेख छ ।

त्यस्तै आगमी दिनमा समेत नेपाल पाकिस्तान सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरिएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै