• २०८३ भदौ ५ शुक्रबार

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।  बैठक आज अपराह्न १: १५ बजेदेखि शुरु हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ ।

त्यस्तै आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 'नेपाल न्याय विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ माथि बिचार गरियोस्' भन्ने प्रस्ताव सभामा पेश गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै