• २०८१ बैशाख २२ शनिबार

चुरोट पिइरहेका मानिसको नजिकै बसेको नपिउनेलाई पनि रोगको सम्भावना : अध्ययन 

kharibot

अमेरिकामा गरिएको एउटा शोधमा कुनै पनि बच्चाले चुरोटजन्य वस्तुको लतको शिकार उसको बुबा वा आमाले चुरोट सेवनले बढी हुने र उसलाई फोक्सोको गम्भीर रोग लाग्नसक्ने समेत पत्ता लागेको छ । 

यस्तो रोग अत्यधिक चुरोट सेवनको कारण हुनसक्छ । कसैले चुरोट पिइरहेको नजिकै कोही मानिसले जबर्जस्ती धुवाँ लिने अवस्था आउँछ । शोधकर्ताका अनुसार चुरोट सेवन गर्ने प्रत्येक एक लाखमध्ये सात जनाको मृत्यु प्यासिभ स्मोकिङ अर्थात् अत्यधिक चुरोट पिउनाले हुन्छ । 

अमेरिका क्यान्सर सोसाइटीले गरेको अध्ययनमा ७० हजार नौ सय चुरोट नपिउने पुरुष र महिलालाई समावेश गरिएको थियो जसको बुबा र आमा भने चुरोट पिउँथे । 

विशेषज्ञका भनाइमा चुरोट पिउने आमाबुबाले बच्चाहरुको लागि नपिउनु नै राम्रो हुन्छ । 

अध्ययनका अनुसार जो बच्चा लतको कारण चुरोट पिउने आमाबुबा हुन्छन्, उसलाई अन्य रोग पनि लाग्न सक्छ । 

कस्तो रोग लाग्छ ? 
बच्चा यदि हप्तामा १० वा त्यो भन्दा बढी घण्टा चुरोटको धूवाँको साथ हुन्छ भने उसलाई मुटुको रोग लाग्ने सम्भावना २७ प्रतिशत बढी हुन्छ । त्यस्तै मस्तिष्काघातको सम्भावना पनि २३ प्रतिशत र फोक्सोको रोग लाग्ने सम्भावना ४२ प्रतिशत बढी हुन्छ । 

  • बीबीसीबाट । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै