काठमाडौँ । जारी नेपाल भलिबल लिग (एनभीएल) मा आज दुई खेल हुदैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज खप्तड फाल्कन्स र मधेश वारियर्सबीच दिउँसो ४ बजे तथा काठमाडौँ रेड्स र सगरमाथा स्मासर्सबीच साँझ ७ बजे खेल हुनेछ ।
खप्तडले यसअघि खेलेका दुवै खेलमा हार बेहोरेको छ भने मधेशले पनि यसअघि खेलेका तिनै खेलमा हार बेहोरेको छ ।
त्यस्तै काठमाडौँ रेड्सले यसअघि खेलेका दुवै खेलमा एक जित र एक हार बेहोरेको छ भने सगरमाथा स्मासर्सले भने यस अघि खेलेका ३ खेलमा २ जित र एक हार बेहोरेको छ ।
केडिया समूहद्वारा आयोजित लिगमा ६ टोलीको सहभागिता रहेको छ । नेपाली पुरुष भलिबलमा पहिलोपटक आयोजना गरिएको फ्रेन्चाइज लिगको विजेताले २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो नेपाली भलिबलमा अहिलेसम्मकै सर्वाधिक नगद पुरस्कार हो ।
भदौ २७ गतेसम्म सञ्चालन हुने लिगमा ६ टोलीले एकअर्काविरुद्ध एकपटक खेल्नेछन् । लिग चरणको अन्त्यमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि निर्णायक खेल खेल्नेछन् ।









