• २०८३ असोज २३ शुक्रबार

कांग्रेस महाधिवेशन: दिउँसो २: ३० बजेसम्म ३७५४ मत खस्यो

कांग्रेस महाधिवेशन: दिउँसो २: ३० बजेसम्म ३७५४ मत खस्यो

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । केन्द्रीय निर्वाचन समितिका अनुसार दिउँसो २: ३० बजेसम्म ३७५४ मत खसेको छ । 

निर्वाचन समितिले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशमा ६१३, मधेसमा ५९०, सुदूरपश्चिम, कर्णाली र जनसम्पर्क समितितर्फका ७३३ जना, लुम्बिनीमा५७९, गण्डकीमा ५०७ र बागमतीमा ७३२ जनाले मतदान गरेका छन् ।

यस महाधिवेशनमा मतदान गर्ने प्रतिनिधि ७ हजार ३१७ जना रहेका छन् । 

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान भइरहेको छ । निर्वाचन समितिले साँझ ५ बजेसम्मका लागि मतदानको समय तोकेको छ । 

प्रतिनिधिहरूको सहजताका लागि प्रदेश र प्रतिनिधित्वको आधारमा छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको छ । जस अनुसार राष्ट्रिय सभागृह, खुलामञ्च र प्रज्ञा भवनमा मतदान केन्द्र तोकिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै