• २०८३ असोज २३ शुक्रबार

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल बर्खास्त

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाल बर्खास्त

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशी राज दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

मन्त्रालयका अनुसार आचरणसम्बन्धी विषय बारम्बार उल्लङ्घन गरेको, अनुशासनहीन काम गरेको तथा नेपाल सरकार वा आफू कार्यरत संगठनको मान, प्रतिष्ठा र छविमा आँच पुर्‍याउने कार्य गरेको कसुरमा दाहालमाथि विभागीय कारबाही गरिएको हो ।

मन्त्रालयले असोज २३ गतेदेखि लागू हुने गरी उनलाई सशस्त्र प्रहरी सेवाबाट हटाइएको जानकारी दिएको छ । गृह मन्त्रालयले भनेको छ- ' सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेको कसुरमा मिति २०८३ / ६ / २३ गतेबाट लागू हुने गरी सशस्त्र प्रहरी सेवाबाट हटाउने गरी विभागीय कारवाही गरिएको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।'

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै